aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

थप २५४८ जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ साउन २०७८
थप २५४८ जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५४८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२३७ जना र एन्टिजन परिक्षण गर्दा ४११ जना गरि जम्मा २५४८ जना नयाँ संक्रमित थपिएका हुन् ।          

त्यस्तै, पछिल्लो २४ घण्टामा २०२९ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६९ हजार २९९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ रहेको छ । यससंगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस