aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

थप ३६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ साउन २०७८
थप ३६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३६५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६०९ जना र एन्टिजन परिक्षण गर्दा १०४२ जना गरि जम्मा ३६५१ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा १७८४ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या २२ रहेको छ । यससंगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस