aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

एकैदिन थपिए ४९०४ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ साउन २०७८
एकैदिन थपिए ४९०४ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४९०४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३१९४ जना र एन्टिजन परिक्षण गर्दा १७१० जना गरि जम्मा ४९०४ जना नयाँ संक्रमित थपिएका हुन् ।  
         
त्यस्तै, पछिल्लो २४ घण्टामा २११५ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ रहेको छ । यससंगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस