aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मेस्सीले अब पीएसजीबाट खेल्ने, जर्सी नम्बर ३०

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ साउन २०७८
मेस्सीले अब पीएसजीबाट खेल्ने, जर्सी नम्बर ३०

एजेन्सी। बार्सिलोना छोडेका स्टार फुटबलर लियोनल मेस्सीले फ्रेन्च क्लब पीएसजीमा औपचारिक रूपमा आबद्ध भएका छन् । उनी सम्झौताको लागि पेरिस पुग्दा हजारौँ समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो ।

मङ्गलवार मेस्सी त्यहाँ जाँदा पेरिसको ट्राफिक व्यवस्था मिलाउन नै स्थानीय प्रहरीलाई हम्मे परेको थियो । मेस्सीले हाललाई पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन् । उनले ३० नम्बर जर्सी प्रयोग गर्नेछन् ।

पिएसजीले फ्री एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेबापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको हो । एक वर्ष थप भएमा सोही रकम हुने उल्लेख छ ‌‌। यसबाहेक टोलीको सफलता र व्यक्तिगत प्रदर्शनअनुसार बोनस पनि रहेको छ । यसैबिच बार्सिलोनाले आइतबार मेस्सीलाई क्लबमा नै राख्न एक विकल्प अघि सारेको चर्चा चले पनि अ‍ौपचारिक रूपमा भने त्यो प्रस्ताव बाहिर आएन ।

प्रतिक्रिया दिनुहोस