aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

थप ३४८१ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ साउन २०७८
थप ३४८१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६१६ जना र एन्टिजन परिक्षण गर्दा ८६५ जना गरि जम्मा ३४८१ जना नयाँ संक्रमित थपिएका हुन् ।   

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ५६ जनामा कोरोना परिक्षण गरिएको थियो ।  आज थपिएका कोरोना संक्रमितमध्ये भक्तपुरका १०९ जना, ललितपुरका १९२ र काठमाडौंका ६६३ जना रहेका छन् ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा १८८५ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ७५ हजार ८३ जना पुगेको छ । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या ३० रहेको छ । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले साउन महिनामा नेपालमा कोरोना संक्रमणदर २० देखि २५ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । उनले जनस्वास्थ्यको मापदण्ड प्रयोग गरेनौँ भने कोरोना कोरोना संक्रमणदर बढ्दै जाने बताए ।    

प्रतिक्रिया दिनुहोस