aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थप ३२६० जनामा कोरोना संक्रमण, २२९४ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ साउन २०७८
थप ३२६० जनामा कोरोना संक्रमण, २२९४ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३२६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४७३ जना र एन्टिजन परिक्षण गर्दा ७८७ जना गरि जम्मा ३२६० जना नयाँ संक्रमित थपिएका हुन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा २२९४ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ७७ हजार ३७७ जना पुगेको छ । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस