aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थप २२१२ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ साउन २०७८
थप २२१२ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२१२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १७९३ जना र एन्टिजन परिक्षण गर्दा ४१९ जना गरि जम्मा २२१२ जना नयाँ संक्रमित थपिएका हुन् ।      

त्यस्तै, पछिल्लो २४ घण्टामा १८६७ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ८२ हजार ६८२ जना पुगेको छ । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ रहेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार एक सय ६ जनामा कोरोना परिक्षण गरिएको थियो । त्यस्तै, हाल नेपालभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस