काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५६६ जना र एन्टिजन परिक्षण गर्दा ८८५ जना गरि जम्मा ३४५१ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २४५८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३५ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस