aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

टोखाले क्यूआर कोडसहित कोभिड प्रमाणपत्र उपलब्ध गराउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
टोखाले क्यूआर कोडसहित कोभिड प्रमाणपत्र उपलब्ध गराउने

काठमाडौं । टोखा नगरपालिकाले विदेश जाने नागरिकका लागि चाहिने क्यूआर कोडसहितको कोभिड प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ । यसअघि स्वास्थ्य सेवा विभागले मात्र विदेश जाने नागरिकलाई क्यूआर कोड उपलब्ध गराउँदै आए पनि अब टोखा नगरपालिकाले उपलब्ध गराउने भएको हो । टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले खबअअष्लभ।mयजउ।नयख।लउ मा प्रमाणीकरणको लागि आवेदन फारममा गई त्यहाँ माग गरिएको सबै विवरण भरेर क्यूआर कोड लिन सकिने बताए । 

उक्त वेभसाइटमा पासपोर्ट, पासपोर्ट आकारको फोटो, खोप कार्डको फोटो, सोही स्थानमा रहेको कवुलियतिनामाको फारम डाउनलोड गरेर अपलोड गरेपछि क्यूआर कोड लिन सकिनेछ । क्यूआर कोडसहितको प्रमाणपत्र अनिवार्य भएका देश जान लागेका व्यक्तिमा क्यूआर कोडसहिको प्रमाणपत्र प्राप्त गरेपछि मात्र टिकट लिनका लागि सरकारले सबैमा आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस