एजेन्सी । गत २४ घण्टामा ३२ हजार ९ सय ३७ जना नँया संक्रमित विरामी थपिएका छन्। यसका साथै लगातार ५० दिन भारतमा ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी देखिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार यो सबै केन्द्र सरकार राज्य र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा हो। देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख ८१ हजार ९ सय ४७ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.१८ प्रतिशत पुगेको छ। भारतमा हालसम्म ५४ करोड ५८ लाख भन्दा बढी खोप खुराक प्रदान गरिएको छ।
सोमबार बिहान ७ बजेसम्मको अस्थायी रिपोर्ट अनुसार देशभरमा हालसम्म ६१ लाख ५४ हजार २ सय ३५ सत्र मार्फत ५४ करोड ५८ लाख ५७ हजार १ सय ८ खोप खुराक प्रदान गरिएको छ। गत २४ घण्टामा १७ लाख ४३ हजार १ सय १४ खोप खुराक प्रदान गरिएको छ।
देशव्यापी खोप अभियान को नँया चरण को सुरुवात जून महिनाको २१ तारिख देखि भएको थियो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय का अनुसार ूकेन्द सरकार सम्पुर्ण वयस्क जनताका लागि द्रुत गतिमा खोप प्रदान गर्न यथेष्ट प्रयास गरिरहेको छ।ू
हालसम्म ३ करोड १४ लाख ११ हजार ९ सय २४ जना निको भइसकेका छन्। गत २४ घण्टामा ३५ हजार ९ सय ९ जना संक्रमित विरामी निको भएका छन्।
यसका साथै देशको संक्रमण मुक्त दर हाल ९७।४८ प्रतिशत पुगेको छ। गत २४ घण्टामा ११ लाख ८१ हजार २ सय १२ वटा नमुना परीक्षण भएको छ। हालसम्म देशमा ४९ करोड ४८ लाख ५ हजार ६ सय ५२ वटा नमुना परीक्षण भइसकेको छ।
यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर २।०१ प्रतिशत पुगेको छ र दैनिक सकारात्मक दर २।७९ प्रतिशत पुगेको छ।
लगातार २१ दिन दैनिक सकारात्मक दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने लगातार ७० दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।
प्रतिक्रिया दिनुहोस