aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थप ३४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ भदौ २०७८
थप ३४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४०३  जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६१३ जना र एन्टिजन परिक्षण गर्दा ७९० जना गरि जम्मा ३४०३ जना नयाँ संक्रमित थपिएका हुन् ।      

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८ सय ३८ जनामा कोरोना परिक्षण गरिएको थियो । आज थपिएका कोरोना संक्रमितमध्ये भक्तपुरका १२२ जना, ललितपुरका १६० र काठमाडौंका ७११ जना रहेका छन् ।        

त्यस्तै, पछिल्लो २४ घण्टामा २१०४ जना कोरोनामुक्त भएका छन् । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ रहेको छ । पछिल्लो २४ घण्टामा २२ प्रतिशत कोरोना संक्रमणदर रहेकोस्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । 

हाल २१ जिल्लामा पाँच सय भन्दा बढी कोरोना भाइरसका संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस