aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मेस्सीले आँसु पुछेको टिस्यु पेपरको मूल्य १० लाख डलर !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ भदौ २०७८
मेस्सीले आँसु पुछेको टिस्यु पेपरको मूल्य १० लाख डलर !

एजेन्सी। लियोनल मेस्सी बार्सिलोनाबाट बाहिरिनु एक भावनात्मक क्षण थियो। जब यी अर्जेन्टिनाका सुपरस्टार आफ्नो बिदाइ भाषण दिँदै थिए त्यो बेला उनले आफूलाई सम्हाल्न सकेनन् । मेस्सी पोडियमको छेउमा उभिएपछि बार्सिलोनाका खेलाडी र सञ्चारकर्मीहरुले ताली बजाए। 

डेढ मिनेट भन्दा बढी ताली बजेपछि ती खेलाडीले आँसु थाम्न सकेनन्। ३४ वर्षीय मेस्सीले आफ्नो क्यारियरको २१ वर्ष बिताएपछि त्यहाँबाट उनी अलग्गिए। उनले अब आफ्नो नयाँ क्लब पेरिस सेन्ट जर्मेनका लागि खेल्नेछन्।

मेस्सीको पिएसजीमा स्थानान्तरण भएपछि विश्वभरिका फुटबल प्रशंसकहरूको लागी ठुलो झट्काको रूपमा आएको थियो। उनको बिदाइ भाषणको बखत, जब मेस्सीले आफ्नो आँसु रोक्न सकेनन् उनकी श्रीमती एन्टोनेलाले सो आँसु पुछ्न एक टिस्यु पेपर दिइन । अहिले एक रिपोर्ट बाहिर आएको छ कि लियोनेल मेस्सी एफसी बार्सिलोनामा आफ्नो भावनात्मक बिदाइ भाषणको दौरान आफ्नो आँसु पुछ्नको लागी प्रयोग गरिएको त्यो टिस्यु पेपरको लागी १ मिलियन डलर मूल्य तोकेर बिक्रीमा राखिएको छ। 

मेकेडुयो नामका एक एक अनलाइन पोर्टलमा मेस्सीले प्रयोग गरेको सो टिस्यु बेच्न राखिएको छ । यी व्यक्तिको दाबी अनुसार यसमा मेसीको जेनेटिक पनि समावेश छ जसले मानिसहरूलाई फुटबल खेलाडीको क्लोन बनाउनका लागि प्रयोग गर्न सक्छन् ।  

लियोनेल मेस्सी ६७२ गोलसहित बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले बार्सिलोना क्लबबाट ७७८ खेल खेले।यो पनि आफैमा एक रेकर्ड हो । उनी ५२० म्याचमा ४७४ गोलसहित स्पेनिस लीगमा पनि शीर्ष स्कोरर हुन् ।

यसैबिच, अर्जेन्टिनाका यी खेलाडीले क्लबमा आउने हस्ताक्षर गरेपछि पिसजीले एक हप्तामा मात्र आफ्नो स्टोर र अनलाइनमा १० लाख लियोनेल मेस्सी जर्सी बेचिसकेको छ। प्रत्येक मेस्सी सर्ट ११५ फ्रेन्च फ्र्याङ्क  अर्थात् २५ सय रुपैयाँ देखि १६५ फ्रेन्च फ्र्याङ्क ३५ सय रुपैयाँ सम्म मूल्यमा बेचेर तीन दिनमा नै १० करोड डलर कमाएको छ। 

प्रतिक्रिया दिनुहोस