
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३२१ जना र एन्टिजन परिक्षण गर्दा ७५४ जना गरि जम्मा ३०७५ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २१२६ जना कोरोनामुक्त भएका छन् । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ रहेको छ । हालसम्म १० हजार ४२९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस