aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

थप ३०४२ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ भदौ २०७८
थप ३०४२ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३०४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०७९ जना र एन्टिजन परिक्षण गर्दा ९६३ जना गरि जम्मा ३०४२ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा २२४४ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २६ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ रहेको छ ।  

योसंगै नेपालभर कोरोना संक्रमित निको हुनेदर ९३.१ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संखया ४० हजार ३०९ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस