aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

घट्न थाल्यो कोरोना संक्रमितको संख्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ भदौ २०७८
घट्न थाल्यो कोरोना संक्रमितको संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १८०१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १५४८ जना र एन्टिजन परिक्षण गर्दा २५३ जना गरि जम्मा १८०१ जना नयाँ संक्रमित थपिएका हुन् ।    

केहि दिनअघिसम्म तीन हजारको हाराहारीमा दैनिक नयाँ संक्रमित थपिएकोमा पछिल्ला केहि दिन यता संक्रमितको संख्या दुई हजार भन्दा तल रहेको छ । हिजो आइतबार पनि नयाँ संक्रमितको संख्या १९२० रहेको थियो । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १९२४ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २४ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ३३ रहेको छ । योसंगै नेपालभर कोरोना संक्रमित निको हुनेदर ९३.५ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संखया ३८ हजार ३५१ रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस