aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ भदौ २०७८
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गर्दै उत्कृष्ट जर्सी डिजाईन प्रतिस्पर्धाको विजेताको घोषणा गरेको छ । क्यान र माई सेकेण्ड टिचरले गतमहिना संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी जर्सी डिजाइनका लागिप्रतिस्पर्धा खुल्ला गरेको थियो ।

प्रतिस्पर्धामा भाग लिनका लागि जर्सीमा राष्ट्रिय झण्डामा भएको रातो र नीलो रंगको प्रयोग गर्नुपर्ने र राष्ट्रिय क्रिकेट टोलीले पालना गर्ने अन्र्तराष्ट्रिय क्रिकेट परिषद् (आइ.सी.सी.) को नियम अनुरुप जर्सी डिजाइन हुनु पर्ने जस्ता मापदण्डहरु रहेका थिए । जर्सी छनोट समितिका लागि क्यानका तर्फबाट सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दासले प्रतिनिधित्व गरेका थिए भने प्रायोजकका तर्फबाट १ जनाले प्रतिनिधित्व गरेका थिए ।

माई सेकेण्ड टिचरको मुख्य प्रायोजन रहेको यस प्रतिस्पर्धामा विजेतालाई पुरस्कार स्वरुप नगद रु. १ लाख प्रदान गर्ने घोषणा गरिएको थियो । छोटो अवधिमै ५०० बढी जर्सीका नमूनाहरु आएको यस प्रतिस्पर्धामा आदर्श पोखरेलको डिजाइन उत्कृष्ट साबित भई छनोट भएको छ । नेपाली टोलीआई.सी.सी.कोबायो बबलमा भएकाले उपस्थित हुन नसकेका कारण प्रेस विज्ञप्ति मार्फत् नयाँ जर्सी सार्वजनिक गरिएको हो । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र माई सेकेण्ड टिचरका सह–संस्थापक सुलभ बुढाथोकीद्वारा संयुक्त रुपमा जर्सी सार्वजनिक गरिएको थियो भने विजेता आदर्श पोखरेललाई पुरस्कार स्वरुप  १ लाख रुपँैया बराबरको चेक प्रदान गरिएको थियो ।  

“हामीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसँग खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनोटको लागि सहकार्य गरेका हौँ । आशा गरे अनुरुप यसमा धेरैभन्दा धेरैले भाग लिनु भयो भने नेपाली टोलीले पनिसबैको आँखामा बस्ने खालको जर्सीको डिजाइन पाएको छ । यो जर्सी नेपाली टोलीले केही दिनमै हुने प्रतियोगिताहरूमा लगाउनेछ । साथै,आज उत्कृष्ट डिजाइन गर्ने आदर्श पोखरेललाई पुरस्कार स्वरुप नगद रु.१ लाख पनि माई सेकेण्ड टिचरका तर्फबाट प्रदान गरेका छाँै ।”

माइ सेकेण्ड टिचरका सह–संस्थापक सुलभ बुढाथोकीले भने । “हाम्रा समर्थकहरुको अटुट माया र विश्वासले गर्दा नेपाली क्रिकेट यहाँसम्म आइपुगेको हो । उहाँहरुको यही सद्भाव अनि साथलाई सम्मान गर्र्न हामीले यो प्रतिस्पर्धा आयोजना गरेका हौँ । आशा गरौँ, अब हुने खेलहरुमा यो जर्सीले हाम्रा खेलाडीहरुमा नयाँ उर्जा र साहस दिनुका साथै नेपाल र नेपाली प्रतिको आफ्नो जिम्मेवारीको आभास दिलाइ रहनेछ ।  यस अभियानको सहयात्री भएकोमा माई सेकेण्ड टिचरलाई पनि धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।” 

“जर्सीको डिजाइन छनोट गर्दा राष्ट्रिय झण्डाको रंग, राष्ट्रिय सांस्कृतिक एवम् प्राकृतिक सम्पदाहरुको प्रयोग, अन्र्तराष्ट्रिय अभ्यासहरु र डिजाइनरको मौलिकतालाई मध्यनजर गरेर  विजयी नमूना छनोट गरेका हौँ” , छनोट समितिका एक जना सदस्यले भने े।  विजयी जर्सी डिजाइनमा नेपाली झण्डाको रंग, काँधमा नेपालको झण्डा, अगाडि नेपालका गौरव उच्चहिमाल र एकसिङ्गे गैँडा र पछाडि हाम्रो सांस्कृतिक र प्राकृतिक विविधताले उनेको नेपाली समाजको चित्रण गरिएको छ । यो जर्सी लगाएर नेपालले सेप्टेम्बर ५ मापपुवा न्यु गिनीसँग पहिलो एक दिवसीय खेल खेल्दै छ । 
 

प्रतिक्रिया दिनुहोस