
काठमाडौं । अब फेरि कर्डा निषेधाज्ञा हुने हो की भनेर धेरै मानिसहरु त्रासमा छन् । वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि कोरोनाका कारण लामो समयसम्म कडाइका साथ लागु गरिएको निषेधाज्ञा अब फेरि कडाइ नहुने संकेत गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ– पछिल्लो समय कोरोना संक्रमण केही घटेपनि संक्रमणदर भने स्थिर छ । तर, निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ । यसले अन्ततः कोरोना संक्रमण बढाउने र त्यसको नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नै पर्ने अवस्थामा पुर्याउँछ । त्यस्तो अवस्था आउन नदिन दायित्व तपाई हाम्रै हो । त्यसैले मास्क लगाउने, भौतिकदुरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्क्ष्यका मापदण्डको इमान्दारीपूर्वक पालना गरौँ ।
साथै मन्त्रालयले जन स्वास्थ्याक मापदण्डहरुको बेवास्ता गरे कडा निषेधाज्ञाको अवस्था आउन सक्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस