aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

थप २५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ भदौ २०७८
थप २५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०२० जना र एन्टिजन परिक्षण गर्दा ५०५ जना गरि जम्मा २५२५ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा २०८६ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३५ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ रहेको छ । योसंगै नेपालभर कोरोना संक्रमित निको हुनेदर ९३.५ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संखया ३८ हजार २५० रहेको छ ।   
 

प्रतिक्रिया दिनुहोस