
काठमाडौं । खल्ती डिजिटल वालेटले खल्तीको १० प्रतिशत क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडियो बनाई पाँच हजार जित्ने सकिने टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ। खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको हो।
यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडियोहरुले पाँच हजार नगद जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन्। यस च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १० प्रतिशत क्यासब्याकलाई रमाइलो ढंगमा भिडियो मार्फत् देखाउन सक्नेछन्। खल्ती आफैले आफ्नो टिकटकमा एउटा उदाहरण राखेको छ जसमा पसलबाट रिचार्ज कार्ड खरिद गरी घर फर्कदा रिचार्ज कार्ड हराएको र उक्त अवस्थामा खल्ती बाट रिचार्ज गरी १० प्रतिशत क्यासब्याक पाएको सन्देश भिडियो मार्फत दिएको छ।
१७ अगस्ट देखि ३० सम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडियो बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्राम फलो पनि गर्नुपर्नेछ। साथै, सहभागीहरुले भिडियो सँगसँगै यी ह्यासट्यागहरु #Khalti10percentCashback and #KhaltiCashbackChallenge पनि क्याप्सनमा समावेश गर्नु पर्नेछ।
प्रतिक्रिया दिनुहोस