
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १८६२ जना र एन्टिजन परिक्षण गर्दा ६३० जना गरि जम्मा २४८२ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार भन्दा बढी कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ४४ रहेको छ । यो मृतकको संख्या केहि दिन यतादेखिको समावेश तथ्यांक रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० जनामा कोरोना परिक्षण गरिएको थियो । जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस