aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनाभित्र उद्घाटन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ भदौ २०७८
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनाभित्र उद्घाटन हुने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन । गृहमन्त्री खाँणले गृह मन्त्रालयमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर विमानस्थलमा भएको प्रगतीबारे जानकारी लिएका हुन । उनले विमानस्थलमा कति काम भयो र कति काम गर्न बाँकी छ र कहिलेसम्म उद्घाटन गर्न सकिन्छ भन्नेबारे सचिव र महानिर्देशक समक्ष जिज्ञासा राखेका थिए । 

जवाफमा सचिव कोइराला र महानिर्देशक पोखरेलले ‘क्यालिब्रेसन फ्लाइट’का लागि भारतलाई आग्रह गरिएको भन्दै भारतीय टोली आएर ‘क्यालिब्रेसन फ्लाइट’को काम पूरा गरेपछि तीन महिनाभित्र उद्घाटन गर्न सकिने बताए । सचिव कोइराला र महानिर्देशक पोखरेलले गृहमन्त्री खाँणलाई विमानस्थल निर्माणका क्रममा भएका प्रगति, देखिएका समस्या र अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या र राजनीतिक तहबाट समाधान गर्नुपर्ने विषयबारे जानकारी गराए । रासस

प्रतिक्रिया दिनुहोस