aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

थप २४३३ जनामा कोरोना संक्रमण, १९२९ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० भदौ २०७८
थप २४३३ जनामा कोरोना संक्रमण, १९२९ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४३३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०५२ जना र एन्टिजन परिक्षण गर्दा ३८१ जना गरि जम्मा २४३३ जना नयाँ संक्रमित थपिएका हुन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२९ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २६ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ रहेको छ । नेपालभर कोरोना संक्रमित निको हुनेदर ९३.५ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संखया ३८ हजार ३८४ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस