aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एक वर्षदेखि शीर्ष स्मार्टफोन कम्पनीको स्थानमा शाओमी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ भदौ २०७८
एक वर्षदेखि शीर्ष स्मार्टफोन कम्पनीको स्थानमा शाओमी

काठमाडौं । ग्लोबल टेक्नोलोजी लीडर शाओमीले आज अग्रणी बजार अनुसन्धान फर्म आईडीसीको विश्व्यापी त्रैमासिक मोबाइल फोन ट्र्याकरको दोस्रो त्रैमासिक  २०२१ को रिलीज अनुसार आफु नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ । २०२१ को दोस्रो त्रैमासिकमा ३८.९ प्रतिशतको बजार शेयरको युनिट सिपमेन्टका साथ शाओमीले २०२०को तेस्रो त्रैमासिक  देखि शीर्ष स्थान कायम गर्न सफल भएको हो ।

मी ११, मी ११ एक्स प्रो, रेड मी के २० सिरिज, पोको एफ ३ आदि जस्ता मूल्य क्षेत्रहरुमा धेरै उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ । 

यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ । आज नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा २०००+ भन्दा धेरै अफलाइन पार्टनर स्टोर र ६००+ मी प्रिफर्ड पार्टनर स्टोरहरुलाई स्थापित गरेको छ ।

कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ । उनीहरुले विशेष अधिकृत सेवा केन्द्रहरुको साथ साथै नेपालमा ग्राहकको आवश्यकताहरुलाई पूरा गर्नको लागी एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सेवा संँगै बजारमा आफ्नो स्थिति बलियो बनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस