aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कर बढी भएको भन्दै एनसेल सर्वोच्चमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
कर बढी भएको भन्दै एनसेल सर्वोच्चमा

काठमाडौं, वैशाख ९ । पुँजीगत लाभ कर बढी निर्धारण गरिएको भन्दै एनसेलले सर्वोच्चमा रिट दायर गरेको छ । आयकर ऐन २०५८ को व्यवस्थाअनुसार कर निर्धारणको अंक नमिलेको भन्दै एनसेलले सोमबार मुद्दा दायर गरको हो ।
ठूला करदाता कार्यालयले गत साता एनसेललाई ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो। त्यसमध्ये अब करिब साढे ३९ अर्ब रुपैयाँ एनसेलले बुझाउनुपर्ने हुन्छ। तर, करिब साढे १४ अर्ब रुपैयाँ मात्रै हुनुपर्ने दाबी एनसेलको छ । एनसेलले २१ अर्ब ५४ करोड पहिल्यै भुक्तानी गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस