
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २०६५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १५७७ जना र एन्टिजन परिक्षण गर्दा ४८८ जना गरि जम्मा २०६५ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २३३७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २५ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ६३ रहेको छ ।
योसंगै नेपालभर कोरोना संक्रमित निको हुनेदर ९३.६ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संखया ३७ हजार ५९९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस