aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

कोरोना सङ्क्रमण: थपिने भन्दा निको हुने धेरै, २७ जनाको को मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ भदौ २०७८
कोरोना सङ्क्रमण: थपिने भन्दा निको हुने धेरै, २७ जनाको को मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमितभन्दा निको हुनेको सङ्ख्या बढी रहेको छ । कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २२२२ रहेको छ भने देशभर थप १ हजार ८५७ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १३ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३७०, ललितपुरमा ११२ र भक्तपुरमा ६७ जना सङ्क्रमित भेटिएका छन् । त्यस्तै कास्कीमा १२४, सुनसरीमा ११८, झापामा ११५, चितवनमा ११२, मोरङमा ७५, मकवानपुरमा ५८, सुर्खेतमा ४७, रुपन्देहीमा ४२, तनहुँमा २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशमा पीसीआर विधिबाट ७ लाख ५८ हजार ८ र एन्टिजेन विधिबाट ८२ हजार ७९७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख १० हजार ४५२ जना निको भएका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ । हाल देशभर ३६ हजार ८६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ३३ हजार ८३५ होम आइसोलेसन, ३०३१ संस्थागत आइसोलेसन, ६१५ जना सघन उपचार कक्ष र १७४ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।  हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ६९० पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्युदर १.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस