aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

संक्रमित भन्दा निको हुने धेरैः १३८८ जनामा थपिदा २२६० जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ भदौ २०७८
संक्रमित भन्दा निको हुने धेरैः १३८८ जनामा थपिदा २२६० जना निको भए

काठमाडौं । केहि दिन यता कोरोना भाइरसको संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १३८८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२१४ जना र एन्टिजन परिक्षण गर्दा १७४ जना गरि जम्मा १३८८ जना नयाँ संक्रमित थपिएका हुन् ।      

त्यस्तै, पछिल्लो २४ घण्टामा २२६० जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २४ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ रहेको छ । यस्तै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९३.९ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संखया ३५ हजार ७९६ रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस