
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्ध खोप लगाएका व्यक्तिहरुमा एन्टिबडीको मात्रा प्रभावकारी देखिएको जनाएको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै जनाएको हो ।
मन्त्रालयले असरा २१ गतेलेखि साउन ३० गतेसम्म संकलित १३ हजार १६१ जनाको नमूना संकलन गरेर परिक्षण गरेको थियो । जसमध्ये देशभर ६८.६ प्रतिशत नुमनामा कोरोना भाइरस विरुद्धको एन्टिबडी प्रभावकारी भएको देखिएको मन्त्रालयले जनाएको छ ।
जसमा एक डोज मात्र खोप लगाएकाहरुमा ८० प्रतिशत र पुर्ण मात्रा खोप लगाएका व्यक्तिहरुमा ९० प्रतिशतसम्म कोरोना भाइरस बिरुद्धको एन्टिबडी विकास भएको सर्वेक्षणमा देखिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस