aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ भदौ २०७८
थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२९५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९०२ जना र एन्टिजन परिक्षण गर्दा ३९३ जना गरि जम्मा २२९५ जना नयाँ संक्रमित थपिएका हुन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १८०८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १६ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० रहेको छ । नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९३.९ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस