aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

हुम्लाको लिमीमा फोर-जी टावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ भदौ २०७८
हुम्लाको लिमीमा फोर-जी टावर

हुम्ला । हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएकोछ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । 

लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन् । लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर–जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । अध्यक्ष लामाले भने, “जनता सञ्चारमा जोडिने आशामा धेरै समयसम्म रहेका थिए । अब पूरा हुने भएको छ ।” उहाँका अनुसार गाडको सुविधा नभएको र मानिसले बोक्न नसक्ने  भएकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरिएको हो ।

टावर निर्माणका लागि सोलार सीस्टमका उपकरण सिम्रीक एयरको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस