aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको सल्लाहकार नियुक्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ भदौ २०७८
सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको सल्लाहकार नियुक्ति

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहेका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ । यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था सदस्य रहेका छन् । यसको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ । विश्व सम्मेलनका लागि आवश्यक कानूनी सल्लाह दिने गरी नियुक्त गरिएको र यस पटक सेप्टेम्बर ३ देखि ११ सम्म बेलायतको इडम्बरा शहरमा सम्मेलन हुन लागेको संस्थाले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयबाट विद्याविरिधि गरेका सुवेदीले बेलायतमा परराष्ट्रमन्त्रीका सल्लाहकार र कम्बोडियामा मानव अधिकार प्रतिनिधिका रुपमा काम गरीसकेका छन । बेलायती महारानीबाट ओबिई प्राप्त गरेका सुवेदी अन्तर्राष्ट्रिय कानुनका विज्ञका रुपमा बेलायतमा परिचित छन । वातावरणका १५ वटा विविध क्षेत्रमा काम गरिरहेको यस संस्थाको नेपालमा समेत कार्यालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस