
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २००४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १६१९ जना र एन्टिजन परिक्षण गर्दा ३८५ जना गरि जम्मा २००४ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १८४६ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १६ रहेको छ । त्यसैगरि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६ रहेको छ । यस्तै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९४.२ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस