aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कोरोना विरुद्धको खोपमा स्टेनलेस स्टिलको कण फेला पर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ भदौ २०७८
कोरोना विरुद्धको खोपमा स्टेनलेस स्टिलको कण फेला पर्यो

एजेन्सी ।  अमेरिकी फर्मा कम्पनी मोडेर्ना इंकले उत्पादन गरेको कोरोना विराधी खोपमा बाह्य वस्तु स्टेनलेस स्टिलको कण भेटिएका छन् । उक्त कम्पनीले जापानमा स्पेनी कारखानामा तयार पारेर पठाएको कोरोना भाइरस विरोधी खोपमा भेटिएको बाह्य वस्तु स्टेनलेस स्टिलको कण फेला परेको हो । 

उक्त कण भएको खोप लगाउने व्यक्तिको सुरक्षामा ठूलो जोखिम उत्पन्न हुने अनुमान गरिएको छ । खोपका झण्डै चार दर्जन भाइलमा कण भेटिएपछि जापानले खोपको प्रयोगमा रोक लगाएको थियो ।

बाह्य वस्तु स्टेनलेस स्टिलको कण भेटिनु सामान्य गल्ती भएको संयुक्त विज्ञप्तिमा मोडेर्ना र यसको जापानी साझेदार ताकेदा फर्मास्युटिकल्सले बताएको छ । भाइलमा स्टेनलेस स्टिलको कणहरु भएको र यसले बिरामीको सुरक्षामा खासै जोखिम उत्पन्न नगर्ने विज्ञप्तिमा भनिएको छ । यसले खोपको लाभ र जोखिमलाई प्रतिकूल रुपमा प्रभाव नपार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस