aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

व्यस्त मानिस स्वस्थ्य बनाउने वाई-ब्रेक योग प्रोटोकल ऐप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ भदौ २०७८
व्यस्त मानिस स्वस्थ्य बनाउने वाई-ब्रेक योग प्रोटोकल ऐप

एजेन्सी । काममा विजी हुने मानिस स्वस्थ रहन सकिन्छ भन्ने उद्देश्यले वाई-ब्रेक योग प्रोटोकल ऐप शुरु भएको छ। बुधवार केन्द्रीय आयुष मंत्रालय द्वारा शुरू गरीएको, वाई-ब्रेक एप मा ५ मिनेटमा गर्न सकिने सरल योगाभ्यास समावेश गरिएका छन्। यसमा आसन, प्राणायाम र ध्यान सामेल गरिएका छन्।

विशेष गरी कामकाजी मानिसको लागि बनाइएको यस एपले कामकाजी मानिसलाई कार्यस्थलमा आफ्नो उत्पादकत्व बढाउन मद्दत गर्दछ।केन्द्रीय आयुष मन्त्री सर्बानन्द सोनोवालले यस एपको सुरुवात गरेका हुन्। भारत सरकार द्वारा देशको स्वतन्त्रता को ७५ औं वार्षिक उत्सव मनाउन विभिन्न कार्यक्रम को आयोजना गरिएको छ। त्यसै सन्दर्भमा आजादीका अमृत महोत्सवको एक हिस्सा को रुपमा यस एप को सुरुवात गरिएको हो।

योगका फाइदाहरु सूचीबद्ध गर्दै, सोनोवालले भने, 'कामकाजी मानिस आफ्ना काम का कारण निकै तनाव मा‌ हुन्छन् र तिनले विभिन्न शारीरिक समस्याहरुको पनि अनुभव गर्छन्। तसर्थ काम गर्ने जनसंख्यालाई ध्यानमा राखी यो एक को सुरुवात गरिएको हो।'

सोनोवालका अनुसार वाई-ब्रेकले कर्मचारीहरुलाई कार्यस्थलमा केही सान्त्वना दिनेछ। सोनोवालले भने, 'यदि पुरा इमान्दारिता पूर्वक वाई ब्रेक मा सूचीकृत योगाभ्यास गर्ने हो भने कामकाजी मानिस स्वस्थ रहन सक्छन्।'

कार्यक्रममा केन्द्रीय कानून तथा न्याय मन्त्री किरेन रिजिजू, राज्य विज्ञान तथा प्रविधि तथा पृथ्वी विज्ञान मन्त्री जितेन्द्र सिंह, विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखी, र आयुष राज्य महिला तथा बाल विकास राज्यमन्त्री मुन्जपारा महेन्द्रभाईको उपस्थिति रहेको थियो।

आयुष मन्त्रालय का अनुसार, वाई-ब्रेक एप निकै सरल योगाभ्यास समावेश गरिएका छन्। तडासन-उर्धव हस्तोत्तनासन-तडासन,स्कन्द चक्र-उत्तनमंडुकासन-काटी चक्रासन, अर्धचक्रासन, प्रसरितापदोत्तासन-गहिरो श्वासप्रश्वास, नादिशोधन प्राणायाम र भ्रामरी प्राणायाम-ध्यान रहेको छ । 

विभिन्न प्रमुख सरोकारवालाहरु संग समन्वय गरी एक सुरुवाती परियोजना को रुपमा सन् २०२० जनवरी महिनामा यस एप को थालनी गरिएको थियो। देशका ६ वटा अग्रणी योग संस्थानहरु संग मिलेर मोरारजी देसाई राष्ट्रीय योग संस्थान ले १५ दिनको लागि यस एप को परीक्षण गरेको थियो। मन्त्रालयका अनुसार बिभिन्न निजी र सरकारी निकायहरु बाट ७ सय जना भन्दा बढी मानिसहरु सहभागी भएका थिए। परीक्षण निकै सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस