aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

नेपालको पर्यटन प्रवद्र्धनमा श्रीलंकाले सघाउँछः राजदूत अरुणतिलका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ भदौ २०७८
नेपालको पर्यटन प्रवद्र्धनमा श्रीलंकाले सघाउँछः राजदूत अरुणतिलका

काठमाडौं । श्रीलंकाले नेपालमा पर्यटन प्रवद्र्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अघिवृद्धि  एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको  भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपाल र श्रीलंकाबीच लामो  सांस्कृति सम्बन्ध रहेको भन्दै त्यसलाई अव औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो  बनाउनुपर्ने बताइन । 
 
परिसंघ कार्यालय थापाथलीमा भएको छलफलमा राजदूत अरुणतिलकाले नेपाली  निर्यातकर्तालाई श्रीलंकामा सहज पह्ँच र बजारका लागि आफूले पहल गर्ने बताएकी हुन ।  उनले भनिन ‘हामीले आर्थिक सम्बन्धलाई बलियो बनाउनुपर्नेछ, । 

दुई देशबीच सिधा हवाई सेवा सुरु भएको भन्दैै उनले यसले आपसी सञ्जाल विस्तारमा  थप सहयोग गर्ने उल्लेख गरिन । ‘हामी दुई देशका निजी क्षेत्रलाई पनि निकट बनाउँदै एक  आपसमा लगानी अभिवृद्धि र आर्थिक सम्बन्ध विस्तारमा जोड्न सक्छौँ,’ उनले भनिन ।  

छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले औद्योगिक विकासका लागि  आन्तरिक र बाह्य लगानीकर्ताबाट ठूलो लगानीको अपेक्षा गरेको भन्दै श्रीलंकाली  लगानीकर्तालाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्नुपर्ने बताए । उनले भने, ‘नेपाल  सिमेन्ट, जुत्ता चप्पल जस्ता क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने अवस्थामा छ, यसबाहेक  धेरै क्षेत्रमा हाम्रो संभावना छन्, त्यस्ता क्षेत्रमा श्रीलंकाली लगानीकर्तालाई आकर्षित गर्न  सकिन्छ ।’ 

छलफल कार्यक्रममा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले एसियाली देशहरूका निजी क्षेत्रका  संस्थालाई जोड्ने उद्देश्यले परिसंघको अगुवाईमा युनियन अफ एसिएन चेम्बर्स गठन गरिएको  बताए । 

प्रतिक्रिया दिनुहोस