aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

कोरोना संक्रमित काठमाडौंमा अझै धेरै, ९ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ भदौ २०७८
कोरोना संक्रमित काठमाडौंमा अझै धेरै, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरीमा १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा काठमाडौंमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन । काठमाडौंमा २८९, कास्कीमा १४३, झापामा ७९, सुनसरीमा ६५, ललितपुरमा ५३, मोरङमा ४५, भक्तपुर र रुपन्देहीमा ४४र४४, बाँकेमा ३०, चितवनमा २६, मकवानपुरमा २५, कैलालीमा २३ जना र नवलपारी पूर्वमा ११ जना संक्रमित भेटिएका छन् । त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २ हजार १९५ जना निको पनि भएका छन् । कूल संक्रमितमध्ये ७ लाख २५ हजार ६५१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस