aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

विश्वभर फैलँदै छ अमेरिकी 'म्यू भेरिएन्ट', कोरोनाको यो भाइरसले खोपलाई समेत मात खुवाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० भदौ २०७८
विश्वभर फैलँदै छ अमेरिकी 'म्यू भेरिएन्ट', कोरोनाको यो भाइरसले खोपलाई समेत मात खुवाउने

एजेन्सी। केही दिन अघि मात्र अमेरिकी सङ्क्रमण रोग विभाग प्रमुख डा. फौसीले ह्वाइट हाउसमा भेला भएका पत्रकारलाई  भने, "म्यू"ले अमेरिकालाई तुरुन्तै खतरामा पुर्‍याएको छैन। तर, उनले थपे कि उनी र उनको टोली यस विषयमा कडा नजर भने राख्नेछन्।

गत बिहीबार उनले यस्तो प्रतिक्रिया दिएका थिए। तर, धेरै विशेषज्ञले यो भेरिएन्टले खोप लगाएका मानिसलाई समेत थला पर्न सक्छ।  अर्थात् अमेरिकाको कोलम्बियामा विकसित यो नयाँ भेरिएन्टलाई हाल विकसित खोपलाई समेत जितिसकेको छ।  

यस्तो खतरनाक 'म्यू' भेरिएन्ट अहिले विश्वभर फैलने क्रममा छ। आक्रामक रूपमा दुनियाभर फैलँदै गरेको यो भाइरस हंगकंगमा समेत फेला परेको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरूले शनिवार बिहान चेतावनी दिए कि कोलम्बियाबाट त्यहाँ पुगेका तीन व्यक्तिहरूमा यो नयाँ भेरिएन्ट पाइएको थियो।

अधिकारीहरू यसकारण चिन्तित थिए किनकि यो भेरिएन्ट भ्याक्सिन प्रतिरोधी हुने केही सङ्केत प्राप्त भैसकेको छ। यो अस्पष्ट छ कि कोलम्बियाबाट यात्रा गर्ने तीन पुरुषहरूलाई पहिले नै खोप लगाइएको थियो।

हंगकंगमा भर्खरै आइपुगेका तीन जना मानिसहरू एक नयाँ कोरोनाभाइरस भेरिएन्ट बोकेका थिए जुन स्वास्थ्य विशेषज्ञहरूलाई भ्याक्सिन प्रतिरोधी हुन सक्ने डर छ।

प्रतिक्रिया दिनुहोस