
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । त्यस्तै, २४ घण्टामा एक हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५३४ जना निको भएका छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । नेपालमा ९४.४५ प्रतिशत संक्रमित निको भएका छन् भने ४.१४ प्रतिशत सक्रिय संक्रमित रहेका छन् । नेपालमा १.४१ प्रतिशत मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस