
काठमाडौं । नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटकले ताम्राकार कम्प्लेक्स, न्यूरोड, काठमाडौँमा नोकिया फोन केयर सेन्टर शुरु गरेको छ ।
ग्राहकबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको हो । अब ग्राहकहरुले आफ्नो स्मार्टफोनका मर्मतको समस्याहरु सेवा केन्द्रबाट बिना कुनै ढिलाइ सजिलै समाधान गर्न सक्ने भएका छन् ।
‘केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मत सम्बन्धी सबै सेवाहरु प्रदान गर्नेछ । सेवा केन्द्र राम्रो प्रशिक्षित व्यवसायिक प्राविधिकहरुले भरिपूर्ण छ जसले एक्सेप्सनल ग्राहक सेवाका साथ जेनुइन स्पेयर पार्ट्सको उपलब्धतामा आश्वासन प्रदान गर्ने टेलिटकका प्रतिक जलानले बताए ।
स्मार्ट फोन क्याटागोरीमा भर्खरै लन्च गरिएका नोकिया जी १०, नोकिया जी २० र नोकिया सी २० फोनहरु किफायती मूल्यमा अत्याधुनिक सुविधाहरुसँंग उपलब्ध भएको कम्पनीले जनाएको छ । साथै फीचर फोनहरु जस्तै नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्य फोनहरु सूपथ मूल्यमा आउँनुका साथै सजिलै देश भरीमा उपलब्ध छन् ।
ब्राण्डले भर्खरै नोकिया एसेन्शीयल वायरलेस हेडफोन, नोकिया लाइट इयर बड्स र नोकिया पोर्टेबल वायरलेस स्पीकरलाई आफ्नो एक्सेसरिजहरुको क्षेत्रमा लन्च गरेको छ जसले गुणस्तरीय उत्पादनहरु प्रस्तुत गर्नका साथै ग्राहकहरुलाई विश्वास र हेरचाह पनि प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस