aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अब सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ भदौ २०७८
अब सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने

काठमाडौं । खल्तीले रेमिट्यान्स कम्पनी सम्सारा रेमिट मार्फत् देश तथा विदेशबाट पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने तथा नेपालको जुनसुकै ठाउँमा पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ ।   

यस सेवा कार्यान्वयनमा आए सँगै अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपाल भरि बाट पैसा पठाउन र पाउन दुबै सक्नेछन् । सम्सारा मार्फत् विदेशबाट प्राप्त गर्न सकिने राष्ट्रमा कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरु रहेका छन् ।  

खल्ती बाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ । त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस