aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महिन्द्रा ट्याक्टरहरुको लागि वीरगन्जमा शोरुम तथा सर्भिस सेन्टर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
महिन्द्रा ट्याक्टरहरुको लागि वीरगन्जमा शोरुम तथा सर्भिस सेन्टर

काठमाडौं, वैशाख ९ । अग्नि गु्रपले हालै गन्डक, वीरगन्जमा महिन्द्रा ट्याक्टरहरुको शोरुम तथा सर्भिस सेन्टरको स्थापाना गरेको छ । शोरुमको समुद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा तथा वीरगन्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले संयुक्तरुपमा गर्नुभएको थियो । शोरुम उद्घाटन  कार्यक्रममा सरकारी तथा स्थानीय व्यक्तिहरुको उल्लेख्य रुपमा उपस्थितिसमेत रहेको थियो ।

कम्पनीका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले आगामी कार्यक्रम ‘महिन्द्रा समृद्धि’को घोषणा पनि गर्नुभएको थियो । यो कार्यक्रम महिन्द्राले चाँडै नै ल्याउन लागेको नवीन कृषि कार्यक्रम हो । यसले किसानको उत्पादनमा वृद्धि, जीवनमा समृद्धि ल्याउने उहाँको भनाइ छ । 
अग्नि ग्रुपका शाखा प्रमुख  प्रमोदकुमार क्षत्रीका अनुसार शोरुमबाट ग्राहकले महिन्द्राका जेन्यून स्पेयर पार्ट प्राप्त गर्नुका साथै बिक्र पछिको सेवा पाउने छन् ।
 

प्रतिक्रिया दिनुहोस