aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

कोरोना संक्रमितको संख्या भन्दा निको हुने धेरै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ भदौ २०७८
कोरोना संक्रमितको संख्या भन्दा निको हुने धेरै

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १६७७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४२३ जना र एन्टिजन परिक्षण गर्दा २५४ जना गरि जम्मा १६७७ जना नयाँ संक्रमित थपिएका हुन् ।      

त्यस्तै, पछिल्लो २४ घण्टामा २०७२ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९४.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २१ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ७९ रहेको छ ।   

पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनाको कोरोना परिक्षण गरेका थिए । यस्तै, हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस