aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

अमेरिकालाई चीनको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ भदौ २०७८
अमेरिकालाई चीनको आग्रह

बेइजिङ । कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ । चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो । 

चीनको विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गरेका हुन। विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले सोमबार उक्त मन्त्रालयलको नियमित प्रेस ब्रिफिङका क्रममा सो धारणा राखेका हुन । 

उनले भनेका थिए, अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहयकार्य गर्नुपर्छ । प्रवक्ता यनबिनले यदि यसरी सहकार्य गर्न सकियो भनेमात्र विश्व समुदायले यो महामारीबाट मुक्ति पाउन सम्भव हुनेछ भनेको समाचारमा जनाइएको छ । 

हालैमात्र अमेरिकाका एकजना अधिकारीले महामारीको कारण चीन भएको भनी आरोप लगाएपछि सोमबार उनको सो धारणा आएको हो ।     प्रवक्ता येनबिनले यससम्बन्धी अनुसन्धान गर्नका लागि चीनले अमेरिकालाई आवश्यक सहयोग गर्ने र अमेरिकाले पनि चीनको साथमा हिँड्न सक्नुपर्ने धारणा राखेका थिए । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस