aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

खल्तीबाट एक रुपैयाँमै हवाई टिकट खरिद गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
खल्तीबाट एक रुपैयाँमै हवाई टिकट खरिद गर्न सकिने

काठमाडौं । फ्लाइट टिकेट मा नेपालकै सबै भन्दा बढी क्यासब्याक प्रदान गर्ने अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र एक रुपैयाँमा हवाई टिकट खरिद गर्न सकिने आकर्षक अफर कार्यान्वयनमा ल्याएको छ ।  

यस अफर मार्फत् खल्ती मा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले ८ सय रुपैयाँसम्मको क्यासब्याक पक्का पाउनेछन् । साथै दैनिक एक जना भाग्यशाली बिजेताले मात्र एक रुपैयाँमा उडान टिकट प्राप्त गर्नेछन् । खल्ती ले हवाई टिकट को कुल रकमबाट जम्मा मात्र एक रुपैयाँ कटौती गरी बाँकी रकम बिजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी गराएको छ ।  

उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् । 

यस अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्म मात्र लागु हुने खल्ती वालेटले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस