
काठमाडौं । डिश मिडिया नेटवर्क (डिश होम)ले पोखरामा डिशहोम फाईबर नेटको औपचारिक सुरुवात गरेको छ। आज भाद्र २३ गते नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालिमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाबाट समुद्घाटन सम्पन्न भएको हो ।
डिश होमका तर्फवाट यरिया सेल्स मेनेजर, सेल्स अफिसर, टेक्निकल व्यक्तित्वहरु, विभिन्न संचारमाध्यमका पत्रकार, डिलर दाइहरु, स्थानीय समाजसेवी, बुद्दिजिविहरु सहभागी उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फाईबर नेटको औचित्यबारे प्रष्ट पारे ।
उनले भने- डिसहोमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ती शुरु भयो। सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आज बाट जडान हुनेछ भने १० एमबीपीएदेखि ग्राहकको रोजाइ अनुसार १०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ। सहरी एरियामा सुरु गरेको डिशहोम फाईबर नेट आफ्नो सेवा लाइ ग्रामिण एरिया का ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होमका यरिया सेल्स मेनेजर प्रदिप सुबेदीले जानकारी गराए ।
डिशहोम फ़ाईबर नेट संगै अन्य सेवा पनि छिट्टै सुरु हुने कुरा जानकारी गराए । यससँगै अब ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बन्चित हुनुनपर्ने भएको छ । भट्टराई एण्ड ब्रदर्स प्रालीले डिस होम, डिस होम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्रीवितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार भएको छ ।
प्रतिक्रिया दिनुहोस