
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १६४० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३४७ जना र एन्टिजन परिक्षण गर्दा २९३ जना गरि जम्मा १६४० जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २१६१ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९४.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १० रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ८९ रहेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ४५५ जनाको कोरोना परिक्षण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस