aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । सर्वाधिक पुरस्कार राशि भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आगामी असोज ९ गतेदेखि शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्गस ११ बीच हुने आयोजक इपिएलले जनाएको छ ।

विभिन्न शहरका छ फ्रेन्चाइज टोलीको सहभागितामा हुने उक्त प्रतियोगिता अन्तर्गत असोज १० गते हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगरले प्रतिस्पर्धा गर्नेछन् । त्यही दिन अर्को खेल गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच हुनेछ । असोज २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्राप्त गर्नेछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस