aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

ओरियण्टल होटल्सले असोज १९ गते आव्हान गर्यो साधारण सभा, लाभांश प्रस्ताव ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ भदौ २०७८
ओरियण्टल होटल्सले असोज १९ गते आव्हान गर्यो साधारण सभा, लाभांश प्रस्ताव ?

काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले असोज १९ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । होटल्सले कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा भर्चुअल माध्यमबाट विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

 सभाका लागि होटल्सले यस वर्ष लाभांश सम्बन्धी कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । सभाले गत आर्थिक वर्ष ०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । 

साथै संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । एक जना स्वतन्त्र सञ्चालक नियक्तिको विषय अनुमोदन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि होटल्सले असोज ४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस