
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय विमानहरुको उडान तालिका सार्वजनिक गरेको छ । काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि हप्तामा १० उडानको तालिका सार्वजनिक भएको छ । नेपाल एयरलाइन्स दैनिक एक, एयर इण्डियाले साताको तीन उडान भर्ने छ ।
त्यस्तै, काठमाडौंबाट यूएई सारजहाका लागि एयर अरेविया दुई उडान, एयर अरेवियाकै जहाज आबुधाबीबाट समेत हरेक दिन काठमाडौं आउन पाउने गरी अनुमति पाएको छ । त्यस्तै, फ्लाई दुबईको जहाज दुबई इन्टरनेसनल एयरपोर्टबाट सातामा १० उडानसहित काठमाडौं आउने छ ।
हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर साताको ६ उडान, दुबईमा नै हिमालयको ६ उडान र कतारको हमाद हिमालयको ७ उडान गर्ने गरी अनुमति पाएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस