aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

भाइबर प्लेटफर्ममा एआर लेन्सहरु सुचारु हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
भाइबर प्लेटफर्ममा एआर लेन्सहरु सुचारु हुँदै

काठमाडौं । निःशुल्क र सहज संचार आदान प्रदानको लागि विश्वकै अग्रणी एपहरु मध्येको एक भाइबरले भाद्र २४ गते सम्पन्न एक भव्य भर्चुअल समारोहसँगै नेपालमा रहेका आफ्ना सबै प्रयोगकर्ताहरुका निम्ति बहुप्रतिक्षित भाइबर लेन्स फिचर आफ्नो मेसेजिंग प्लेटफर्ममा सुरुवात गरेको छ । 

यो फिचर नेपाल, भिएतनाम र फिलिपिन्स सहित एपीएसी क्षेत्रमा पहिलो पटक सुरुवात गरिएको हो । भाइबर लेन्स फिचर स्न्याप आइएनसीको सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रियटिभ किट र अनुकुलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकीकरण गरि तयार गरिएको छ । यस फिचरबाट प्रयोगकर्ताहरुले एआरद्वारा पावर गरिएको फोटो र भिडियो मेसेजहरु मार्फत रमाइलो र अन्तक्रियात्मक संवादहरु गर्न सक्नेछन् । 

प्रवर्तन समारोहमा भाइबरका २० विभिन्न लेन्सहरु समावेश छन् जसमा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका लेन्सहरु समावेश गरिएका छन् । कम्पनीले कम्तिमा पनि २० ओटा लेन्सहरु हरेक महिना थप गर्दै लैजाने योजना रहेको घोषणा गरेको छ र व्यापारिक संस्थानहरुले भाइबरमा आफ्ना मौलिक लेन्सहरु समेत सिर्जना गर्ने अवसर प्राप्त गर्ने छन् ।

नेपालमा भाइबर लेन्सहरु iOS (Viber version 15.5.5 देखि माथिका) मा र Android (Viber version 15.8.0.15 देखि माथिका) मा उपलब्ध छन् । लोकल लेन्सहरु Viber version 16.0 बाट शुरु भएर माथि सबैमा उपलब्ध छन् । 

प्रतिक्रिया दिनुहोस